Friday, June 05, 2026
Home > स्थानीय समाचार > मोरङमा लागूऔषध र गुण्डागर्दीविरुद्ध ‘स्वीप अपरेसन’, ७२ जना पक्राउ

मोरङमा लागूऔषध र गुण्डागर्दीविरुद्ध ‘स्वीप अपरेसन’, ७२ जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले आपराधिक गतिविधि र लागूऔषध कारोबार नियन्त्रण गर्न चलाएको ‘स्वीप अपरेसन’मा ७२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुई दिनसम्म चलेको अभियानमा लागूऔषध कारोबार, गुण्डागर्दी, धम्की दिने तथा सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *