काठमाडौं — नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज तय गरिएको निर्वाचन स्थगित भएको छ। नयाँ मिति भने तोकिएको छैन।
दलको नेता सहमतिमै चयन गर्ने प्रयासस्वरूप विश्वप्रकाश शर्माको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।
समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायत सदस्य रहेका छन्। निर्वाचन वा सहमतिबाट चयनबारे निर्णय छिट्टै सार्वजनिक गरिने जनाइएको छ।


