Friday, June 05, 2026
Home > खेलकुद समाचार > ओमानमाथि नेपाल ‘ए’को ११५ रनको शानदार जित

ओमानमाथि नेपाल ‘ए’को ११५ रनको शानदार जित

नेपाल ‘ए’ले ओमान, अमेरिका र स्कटल्यान्ड सम्मिलित एकदिवसीय शृङ्खलामा पहिलो जित निकालेको छ।

शुक्रबार मुलपानीमा भएको खेलमा नेपाल ‘ए’ले ओमानलाई ११५ रनले पराजित गर्दै शानदार पुनरागमन गरेको हो। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २८४ रन बनाएको थियो।

नेपालका लागि ईशान पाण्डेले ६९, देव खनालले ६४ र कुशल मल्लले ५७ रनको अर्धशतकीय योगदान दिए। सन्दीप जोराले ४२ रन बनाए।

लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो। नेपालका युवराज खत्रीले ३ विकेट लिए भने हेमन्त धामी, आकाश चन्द र शेर मल्लले २–२ विकेट लिए।

यो जितसँगै नेपाल ‘ए’ले शृङ्खलामा पहिलो सफलता हात पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *