सरकारले सुकुम्वासीलाई हटाउने तयारीसँगै आवासको व्यवस्था गरिने जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्वासीलाई जबरजस्ती नहटाई व्यवस्थित रूपमा स्थानान्तरण गरिने बताए। उनका अनुसार बसोबासका लागि उपयुक्त स्थान खोज्ने काम भइरहेको छ।
उनले सामान सुरक्षित राख्न अग्रिम रूपमा प्याक गर्न भनिएको स्पष्ट पार्दै स्थानान्तरण प्रक्रिया संवेदनशील ढंगले अघि बढाइने बताए।
यसैबीच, तीन बस्तीमा डोजर चलाउने तयारी भएपछि सुकुम्वासीहरूले आफूहरूलाई कहाँ सारिने भन्ने स्पष्ट जानकारी मागिरहेका छन्।


