प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी छुट्याउने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत उनले खोलाकिनारका बस्ती र देशभरका सुकुम्वासीको अवस्था फरक रहेको उल्लेख गर्दै वास्तविक पीडितलाई न्याय दिने बताए।
उनले प्रक्रिया पूरा गरी वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने र दीर्घकालीन समाधान निकाल्ने सरकारको प्रतिबद्धता पनि जनाएका छन्।


