बुटवल उपमहानगरपालिका ले अतिक्रमणमा परेको सरकारी जग्गा खाली गराउन डोजर चलाउने तयारी गरेको छ। अदालतको अनुरोधपछि उपमहानगरपालिकाले छिट्टै सार्वजनिक सूचना जारी गरी घरटहरा हटाउने अभियान सुरु गर्ने सम्भावना छ।
जेसिज चोक आसपासको करिब २ बिघा भन्दा बढी क्षेत्रफलमा बनेका अनधिकृत संरचना हटाइने योजना रहेको छ। सो जग्गामा विभिन्न संघसंस्था, व्यापारिक भवन तथा अन्य संरचना बनेका छन्।
लामो समयदेखि अतिक्रमण हटाउने प्रयास भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन। अहिले भने अदालत र स्थानीय तह सक्रिय भएपछि प्रक्रिया अघि बढेको हो।


