Friday, June 05, 2026
Home > मुख्य समाचार > शेखर गोल्छा विरुद्ध छानबिन तीव्र, ४ दिन हिरासत म्याद थप

शेखर गोल्छा विरुद्ध छानबिन तीव्र, ४ दिन हिरासत म्याद थप

काठमाडौं जिल्ला अदालत ले उद्योगी शेखर गोल्छामाथि अनुसन्धानका लागि प्रहरीलाई चार दिनको हिरासत म्याद दिएको छ।

उनी बिहीबार नक्सालबाट पक्राउ परेका थिए। नेपाल धितोपत्र बोर्ड को प्रारम्भिक प्रतिवेदनका आधारमा धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत कसुरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको हो।

गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ का पूर्वअध्यक्षसमेत हुन्। अहिले उनीमाथि थप अनुसन्धान जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *