Friday, June 05, 2026
Home > मुख्य समाचार > निजामती विधेयकमा ठूला परिवर्तन: ट्रेड युनियन हटाउने प्रस्ताव

निजामती विधेयकमा ठूला परिवर्तन: ट्रेड युनियन हटाउने प्रस्ताव

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले ५० भन्दा बढी नयाँ प्रावधानसहित निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक गरेको छ।

मस्यौदामा कर्मचारी ट्रेड युनियन व्यवस्था हटाउने प्रस्ताव गरिएको छ। साथै, अवकाश उमेर ६० वर्ष, सचिवको पदावधि २ वर्ष (एक वर्ष थप्न सकिने) र दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सरकारले कर्मचारी हितका लागि वैकल्पिक व्यवस्था राखिएको दाबी गरेको छ भने यस विषयमा थप छलफल हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *