काठमाडौँको थापाथलीस्थित बागमती किनारको सुकुमवासी बस्तीमा सरकारले डोजर चलाएर हटाउने काम तीव्र बनाएको छ। नगर प्रहरी बल प्रमुख विष्णु जोशीका अनुसार अहिलेसम्म करिब ६० प्रतिशत संरचना भत्काइसकिएको छ र अवस्था शान्तिपूर्ण रहेको छ।
पूर्व सूचना दिइएपछि शनिबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै सडक विभागका उपकरणमार्फत बस्ती हटाउन थालिएको हो। केही बासिन्दाले यसअघि नै बासस्थान खाली गरिसकेका थिए।
सरकारले अस्थायी रूपमा लजमा राख्ने र दशरथ रंगशालामा विवरण संकलन गर्ने तयारी गरे पनि प्रभावितहरू त्यसप्रति विश्वस्त देखिएका छैनन्। हालसम्म रंगशालामा भने एक आमा र बच्चामात्र पुगेका छन्।


