काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती भत्काइसकेपछि काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली अब गैरीगाउँतर्फ अघि बढ्ने भएको छ।
नगरप्रहरी प्रमुख विष्णु जोशीका अनुसार टोली केही समयमै गैरीगाउँ पुगेर त्यहाँको सुकुम्बासी बस्ती पनि आजै खाली गर्ने तयारी गरिएको छ।
यसअघि बिहान साढे ८ बजेदेखि थापाथली क्षेत्रमा डोजर चलाउँदै बस्ती हटाउने काम सुरु गरिएको थियो।


