काठमाडौं — सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध चयन भएपछि उपसभामुख कसलाई दिने भन्ने विषयमा चासो बढेको छ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाउने भएकाले कांग्रेस र नेकपाले दाबी अघि सारेका छन्।
तर रास्वपा सभापति रवि लामिछानेले अहिलेसम्म यसबारे कुनै छलफल नभएको भन्दै सभामुख प्रक्रिया सकेपछि मात्र निर्णय लिइने बताएका छन्।


