काठमाडौं । थापाथलीपछि अब काठमाडौंको सिनामंगलस्थित सुकुम्वासी बस्तीमा पनि हटाउने प्रक्रिया अघि बढाइएको छ। प्रहरीले बिहानैदेखि माइकिङ गर्दै बस्ती खाली गर्न आग्रह गरेको छ।
काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी विष्णु जोशीका अनुसार, डोजरसहितको टोली बस्ती क्षेत्रमा अघि बढिरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा बस्ती खाली गर्ने काम भइरहेको छ।


