काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमा अलआउट भयो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ७५ रनको उत्कृष्ट अर्धशतक खेले। उनले ९० बलमा ५ चौका र २ छक्का प्रहार गरे।
अन्य ब्याटरमध्ये कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २० रन बनाए। आरिफ शेख र सोमपाल कामीले १५–१५ रन जोडे।


