चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्स विरुद्ध शानदार जित दर्ता गरेको छ। इन्डियन प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेन्नईले ८ विकेटले सहज जित निकाल्यो।
दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १७.३ ओभरमै पूरा गर्यो। सन्जु स्यामसनले अविजित ८७ रनको उत्कृष्ट इनिङ खेल्दै टोलीलाई जिततर्फ डोर्याए।
यसअघि दिल्लीले २० ओभरमा १५५ रन बनाएको थियो। जितसँगै चेन्नईले अंकतालिकामा महत्वपूर्ण दुई अंक जोडेको छ।


