काठमाडौं । थापाथली र गैरीगाउँलगायत क्षेत्रबाट विस्थापित २३ सुकुम्वासी परिवार शनिबारसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ‘होल्डिङ सेन्टर’मा पुगेका छन्।
उपत्यका विकास प्राधिकरणले त्यहाँ पुगेकाहरूको तथ्यांक संकलन गरिरहेको छ। साथै, बबरमहल, भीमसेनगोला र पेप्सीकोलास्थित स्वास्थ्य केन्द्रहरूमा प्राथमिक उपचारको व्यवस्था गरिएको छ।
सरकारले वाग्मती किनारका सुकुम्वासी बस्ती खाली गराउने अभियान जारी राखेको छ।


