Friday, June 05, 2026
Home > मुख्य समाचार > गैरीगाउँको सुकुम्वासी बस्ती डोजर लगाएर हटाइयो

गैरीगाउँको सुकुम्वासी बस्ती डोजर लगाएर हटाइयो

काठमाडौं । काठमाडौं महानगरपालिका–९ गैरीगाउँस्थित सुकुम्वासी बस्ती पनि शनिबार डोजर प्रयोग गरी हटाइएको छ।

खोला किनार अतिक्रमण गरेर बनेका संरचना हटाउने अभियानअन्तर्गत बस्ती भत्काइएको हो। यस क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार बस्ती हटाउँदा कुनै अवरोध नभएको र सुरक्षाकर्मी उच्च सतर्कतामा खटिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *