Friday, June 05, 2026
Home > स्थानीय समाचार > कालीगण्डकीमा बगेर ८ वर्षीय बालकको मृत्यु

कालीगण्डकीमा बगेर ८ वर्षीय बालकको मृत्यु

मुस्ताङको कागबेनी क्षेत्रमा कालीगण्डकी नदीले बगाउँदा ८ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको छ। श्राद्ध गर्न पुगेको परिवारसँगै रहेका उनी शनिबार अचानक नदीमा बेपत्ता भएका थिए। खोजीका क्रममा करिब एक किलोमिटर दक्षिण किनारामा अचेत अवस्थामा भेटिएका बालकलाई उपचारका लागि जोमसोम अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *