Friday, June 05, 2026
Home > मुख्य समाचार > मनोहरा बस्तीमा डोजर, १९ सय सुरक्षाकर्मी परिचालन

मनोहरा बस्तीमा डोजर, १९ सय सुरक्षाकर्मी परिचालन

भक्तपुर, वैशाख १३ — मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा बनेका अनधिकृत घरटहरा हटाउन आज बिहानदेखि अभियान सुरु गरिएको छ।

करिब १,३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी बल परिचालन गर्दै बस्ती खाली गराइएको हो। स्थानीयलाई बिहान ९ बजेसम्म आफैं संरचना हटाउन समय दिइएपछि काठमाडौँ महानगरपालिका को डोजर प्रयोग गरेर भत्काउने काम अघि बढाइएको छ।

करिब ७७७ घरटहरा रहेको बस्तीमा अधिकांशले सामान हटाइसकेपछि संरचना भत्काउन सुरु गरिएको प्रहरीले जनाएको छ। यसअघि भएको झडपमा २२ सुरक्षाकर्मी घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *