Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > पत्रकार डिनर कार्यक्रममा गोली, ट्रम्पलाई तुरुन्तै सुरक्षित स्थानमा सारियो

पत्रकार डिनर कार्यक्रममा गोली, ट्रम्पलाई तुरुन्तै सुरक्षित स्थानमा सारियो

वाशिङ्टन, वैशाख १३ — डोनाल्ड ट्रम्प सहभागी पत्रकारसँगको डिनर कार्यक्रम नजिक गोली चलेपछि उनलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको छ।

वाशिङ्टन हिल्टन होटलमा आयोजित कार्यक्रममा गोली चलेको आवाज आएलगत्तै संयुक्त राज्य सिक्रेट सर्भिसले ट्रम्पलाई सुरक्षित स्थानमा लगेको हो।

घटनामा ट्रम्प, प्रथम महिला र अन्य अधिकारीहरू सुरक्षित रहेको पुष्टि गरिएको छ। गोली चलेपछि सुरक्षाकर्मीले क्षेत्र घेराबन्दी गरेका छन् भने एक व्यक्तिलाई हिरासतमा लिइएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *