कास्की जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
लागूऔषध मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि पोखराबाट खटिएको अख्तियार टोलीले उनलाई रकमसहित पक्राउ गरेको हो। आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


