Friday, June 05, 2026
Home > मुख्य समाचार > कडा सुरक्षा घेरामा मनोहरा सुकुम्वासी बस्ती हटाउने कार्य तीव्र, डोजर चलाइयो

कडा सुरक्षा घेरामा मनोहरा सुकुम्वासी बस्ती हटाउने कार्य तीव्र, डोजर चलाइयो

भक्तपुरको मनोहरा सुकुम्वासी बस्तीमा कडा सुरक्षा व्यवस्थाबीच हटाउने कार्य अघि बढाइएको छ। करिब २,००० भन्दा बढी प्रहरीको घेरामा १२ वटा डोजर प्रयोग गरी संरचना भत्काइएको हो।

शनिबार राति ढुंगामुढा हुँदा दर्जनौँ सुरक्षाकर्मी घाइते भएका थिए। त्यसपछि आइतबार बिहानदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरेर बस्ती खाली गराउने काम सुरु गरिएको हो।

अधिकांश बासिन्दाले पहिले नै सामान सारेर पक्की घर छोडिसकेको र बाँकी रहेका परिवारलाई पनि स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। सरकारले अस्थायी बसोबासका लागि विभिन्न स्थानमा व्यवस्था गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *