अमेरिकाको वासिङटनस्थित हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’का क्रममा भएको गोलीकाण्डपछि ३१ वर्षीय कोल थोमस एलेन पक्राउ परेका छन्।
क्यालिफोर्नियाको टोरेन्स निवासी तथा शिक्षक पेशामा रहेका एलेनले सुरक्षा चेकपोइन्ट नजिकै आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनी होटलमै पाहुनाका रूपमा बसेका थिए।
उनको साथबाट सटगन, ह्यान्डगन र चक्कुहरू फेला परेको प्रहरीले जनाएको छ। घटनामा सुरक्षाकर्मीहरू घाइते भए पनि अवस्था स्थिर रहेको छ।
अमेरिकी अधिकारीहरूले घटनालाई एकल आक्रमणका रूपमा अनुसन्धान गरिरहेका छन् भने संदिग्धमाथि संघीय अपराधका मुद्दा दायर गर्ने तयारी भइरहेको छ।


