Friday, June 05, 2026
Home > स्थानीय समाचार > कोशीमा सवारी कर बाँडफाँट: विराटनगरलाई बढी, मेन्छयायेमलाई कम हिस्सा

कोशीमा सवारी कर बाँडफाँट: विराटनगरलाई बढी, मेन्छयायेमलाई कम हिस्सा

कोशी प्रदेश सरकारले स्थानीय तहहरूलाई सवारीसाधन कर बाँडफाँटको अनुमानित रकम सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब १ अर्ब २६ करोड रुपैयाँ बाँडफाँट हुने अनुमान गरिएको छ।

सूचीअनुसार विराटनगर महानगरपालिकाले सबैभन्दा बढी करिब ३ करोड ४३ लाख रुपैयाँ पाउनेछ भने मोरङका अन्य केही नगरपालिकाले पनि ठूलो हिस्सा पाउनेछन्।

त्यस्तै, तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले सबैभन्दा कम करिब ४२ लाख रुपैयाँ प्राप्त गर्नेछ। सडक अवस्था र सवारी घनत्वका आधारमा रकम वितरण गरिएको प्रदेश सरकारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *