ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदा तयार गरेको छ।
मस्यौदामा घरायसी तथा व्यावसायिक क्षेत्रमा विद्युत् प्रयोग बढाउन विद्युतीय चुलोको प्रयोग प्रवर्द्धन गर्ने, एलपी ग्यासमा दिइने अनुदान क्रमशः हटाउने र कृषि, उद्योग तथा सिँचाइ क्षेत्रमा विद्युत् खपत बढाउने प्रस्ताव गरिएको छ।
त्यस्तै, विद्युत् खपत गर्ने उद्योग विस्तार, चार्जिङ पूर्वाधार विकास र भविष्यमा बचत हुने विद्युत् निर्यात गर्ने लक्ष्य पनि राखिएको छ। सरकारले सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत १,५०० युनिट पुर्याउने लक्ष्य लिएको छ।


