Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बीपी राजमार्ग अवरुद्ध, रोशी खोलामा अलपत्र यात्रुलाई राहत वितरण

बीपी राजमार्ग अवरुद्ध, रोशी खोलामा अलपत्र यात्रुलाई राहत वितरण

शनिबारको वर्षाका कारण काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गका डाइभर्सन बगेर सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन्।

रोशी खोलामा रोकिएका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी र प्रहरीले फलफूल, चाउचाउ र पानी वितरण गरेर राहत दिएका छन्। प्रहरीका अनुसार सडक खुलाउन समय लाग्ने भएकाले आइतबारसम्म पनि आवागमन सुचारु हुन कठिनाइ हुन सक्छ।

शनिबार दिउँसोदेखि अवरुद्ध रहेको राजमार्ग मर्मत कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *