कोलम्बियाको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने प्यान–अमेरिकन राजमार्गमा भएको बम विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्, जसमा बालबालिका पनि छन्।
आक्रमणकारीले पहिले सवारीसाधन प्रयोग गरेर राजमार्ग अवरुद्ध गरेपछि मिनिबसमा विस्फोट गराएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाले राजमार्गमा ठूलो क्षति पुर्याएको छ।
राष्ट्रपति गुस्ताभो पेट्रोले आक्रमणको दोष विद्रोही समूहका एक नेतामाथि लगाउँदै कडा कारबाहीका लागि सेनालाई निर्देशन दिएका छन्। पछिल्ला दिनमा क्षेत्रमा लगातार हिंसात्मक घटना बढ्दै गएको बताइएको छ।


