काठमाडौँको पेप्सीकोलामा गए राति करिब ८ वटा गाडीमा तोडफोड भएको छ।
प्रहरीका अनुसार राति करिब १ बजेतिर मापसे गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेका हुन्। प्रत्यक्षदर्शीका अनुसार उनले नेकपा नेता प्रचण्डको नाम लिँदै तोडफोड गरेका थिए।
तोडफोड गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


