भक्तपुरको थिमि नगरपालिका–१ लोकन्थलीस्थित सरस्वती आधारभूत विद्यालय खाली गराउन प्रहरी परिचालन भएपछि विद्यालयमा डोजर चल्ने अवस्था आएको छ।
२७५ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कुनै पूर्वसूचना नआएको भन्दै प्रधानाध्यापक इन्दिरा महतले अचानक सामान हटाउन निर्देशन दिइएको बताएकी छन्। अहिले प्रहरी र एपीएफले विद्यालयका फर्निचर र सामग्री बाहिर निकाल्ने काम गरिरहेका छन्।
विद्यालयले २०६२ सालदेखि पठनपाठन गर्दै आएको र नयाँ शैक्षिक सत्रको तयारी भइरहेका बेला यस्तो अवस्था आएको प्रअको भनाइ छ। स्थानान्तरणबारे नगरपालिकासँग छलफल गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ।


