Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कीर्तिपुरका अस्थायी सेल्टरमा सुकुमवासीको असन्तुष्टि, खानामा गुनासो

कीर्तिपुरका अस्थायी सेल्टरमा सुकुमवासीको असन्तुष्टि, खानामा गुनासो

काठमाडौं महानगर क्षेत्रका थापाथली, गैरीगाउँ र सिनामंगलबाट हटाइएका सुकुमवासीहरूलाई सरकारले कीर्तिपुर, भक्तपुर र ललितपुरका विभिन्न अस्थायी सेल्टरमा राखेको छ।

कीर्तिपुरस्थित सुन्दरीघाट राधास्वामी आश्रमसहित अन्य केन्द्रहरूमा राखिएका उनीहरूलाई महानगरले प्याकेट खाना र चिया उपलब्ध गराएको छ। तर, अस्थायी सेल्टरमा बसेकाहरूले उपलब्ध खाना अपर्याप्त भएको भन्दै असन्तुष्टि जनाएका छन्।

वर्षौंदेखि बसोबास गर्दै आएको स्थान छाड्नुपरेको पीडा व्यक्त गर्दै उनीहरूले एक प्याकेट खानाले पेट नभरिने गुनासो गरेका छन्। महानगरले भने अस्थायी व्यवस्थापनका रूपमा खाना र आधारभूत सुविधा उपलब्ध गराइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *