काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ।
पार्टीले सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा समिति गठन गर्दै ‘क्यान्डिडेट क्लब’ मार्फत वैशाख २० गतेदेखि उम्मेदवार आह्वान गर्ने तयारी गरेको छ।
छनोट प्रक्रियामा आवेदन, योग्यता परीक्षण र सुझाव संकलन समेटिनेछ। रास्वपाले योग्य, सक्षम र लोकप्रिय उम्मेदवार छनोट गर्ने लक्ष्यसहित स्थानीय तहमा संगठन विस्तार र तयारी तीव्र बनाएको जनाएको छ।


