Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भूमि आयोग मुद्दामा सरकार पुनरवलोकनमा

भूमि आयोग मुद्दामा सरकार पुनरवलोकनमा

सरकारले भूमि समस्या समाधान आयोग पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरवलोकन निवेदन दर्ता गरेको छ। आयोग गठनलाई कानुनी रूपमा कमजोर र अदालतको हस्तक्षेपलाई कार्यपालिकाको अधिकार क्षेत्रमा अतिक्रमण भएको सरकारको तर्क छ।

सर्वोच्चले भने आयोग खारेज गर्ने निर्णयलाई बदर गर्दै भूमिहीनको अधिकारसँग जोडिएको विषय भएकाले आयोग आवश्यक ठहर गरेको थियो। यस विवादले कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलनको बहस पुनः चर्काएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *