Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > युद्धविरामबीच लेबनानमा इजरायली हवाई आक्रमण, १४ जनाको मृत्यु

युद्धविरामबीच लेबनानमा इजरायली हवाई आक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । लेबनानको दक्षिणी क्षेत्रमा इजरायली हवाई आक्रमण हुँदा १४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये दुई महिला र दुई बालबालिका पनि छन्। आक्रमण कफर तिबनित र जावतार अल–शर्किया क्षेत्रका गाउँहरूमा भएको हो।

अमेरिका मध्यस्थतामा चलिरहेको युद्धविरामबीच भएको यस घटनाले तनाव थप बढाएको छ। आक्रमणमा धार्मिक संरचनासमेत क्षति पुगेको बताइएको छ।

यसैबीच इजरायलले आफ्ना एक सैनिकको मृत्यु र ६ जना घाइते भएको पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *