काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज ३७औँ जन्मदिन मनाइरहेका छन्।
यस अवसरमा उनकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छन्। उनले बालेनलाई दीर्घायु, सफलता र सुख–समृद्धिको कामना गरेकी छन्।
वि.सं. २०४७ सालमा काठमाडौंमा जन्मिएका शाह इन्जिनियरिङ अध्ययनपछि र्यापर हुँदै राजनीतिमा प्रवेश गरेका हुन्। काठमाडौं महानगर प्रमुखबाट प्रधानमन्त्री बनेका उनी हाल देशको नेतृत्व गरिरहेका छन्।
उनको जन्मदिनमा समर्थक तथा शुभेच्छुकहरूले पनि सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।


