Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हर्क साम्पाङको आह्वान: सुकुमबासीलाई संगठित गर्ने देशव्यापी अभियान

हर्क साम्पाङको आह्वान: सुकुमबासीलाई संगठित गर्ने देशव्यापी अभियान

श्रम संस्कृति पार्टीले देशभरका सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्ने अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

अध्यक्ष हर्क साम्पाङले पार्टीका जिल्ला र पालिका समितिहरूलाई देशव्यापी रूपमा संगठन विस्तार गर्न निर्देशन दिएका छन्। उनले सुकुमबासीहरूको एकता अभियान श्रम संस्कृति पार्टीले समन्वय गर्ने बताएका छन्।

सरकारले बस्ती हटाउने अभियान चलाइरहेका बेला साम्पाङले त्यसको आलोचना गर्दै सुकुमबासीलाई संगठित भएर बस्न र आफ्ना अधिकारका लागि तयार रहन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *