विराटनगर । नेपाल बसोबास बस्ती संरक्षण समाजले सुकुमबासी बस्ती हटाउने सरकारी अभियानको कडा विरोध गरेको छ।
समाजले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बिना विकल्प र छलफल ६० वर्ष पुराना बस्तीमा डोजर चलाइएको आरोप लगाएको छ। यसलाई ‘क्रूर दमन’ र ‘जङ्गली शैली’ भन्दै आपत्ति जनाएको छ।
समाजका अध्यक्ष कुमार कार्कीले तत्काल पुनःस्थापना, क्षतिपूर्ति र उच्चस्तरीय आयोग गठनको माग गर्दै, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।


