Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विवादपछि सशस्त्रका डीएसपी हमाल छिन्नमस्ता बाहिनी तानिए

विवादपछि सशस्त्रका डीएसपी हमाल छिन्नमस्ता बाहिनी तानिए

सिरहाको बरियारपट्टी सीमा क्षेत्रमा स्थानीयसँग विवादमा मुछिएका सशस्त्र प्रहरी डीएसपी विजय हमाललाई छिन्नमस्ता बाहिनी बर्दिबासमा तानिएको छ।

भन्सार छलीको डिजेल नियन्त्रणमा लिने क्रममा स्थानीयसँग झडप भएपछि विवाद बढेको थियो। सो क्रममा हमाल आक्रोशित रूपमा प्रस्तुत भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेको आरोपसहित उठेका प्रश्नपछि विवाद चर्किएको हो। घटनाबारे छानबिन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *