Friday, June 05, 2026
Home > आर्थिक समाचार > सेयर बजार उकालो: नेप्से २७९६ विन्दुमा, कारोबार घट्यो

सेयर बजार उकालो: नेप्से २७९६ विन्दुमा, कारोबार घट्यो

साताको पहिलो दिन सोमबार सेयर बजार ७.७३ अङ्कले बढ्दै नेप्से परिसूचक २७९६ विन्दुमा पुगेको छ।

बजार सुधार भए पनि कारोबार रकम घटेर ४ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ। कुल १५७ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ।

उत्पादन, विकास बैंक र होटल–पर्यटन समूहमा वृद्धि देखिएको छ भने हाइड्रोपावर र व्यापार समूहमा गिरावट आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *