सरकारले नयाँ शासन सुरू हुँदाको आर्थिक अवस्था सार्वजनिक गर्दै श्वेतपत्र जारी गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको प्रतिवेदनमा अर्थतन्त्र कम वृद्धिदर, उच्च सार्वजनिक ऋण र कमजोर पुँजीगत खर्चका कारण दबाबमा रहेको उल्लेख छ। राजस्वले चालु खर्च धान्न कठिन भएको र अर्थतन्त्र रेमिट्यान्समा निर्भर बनेको पनि औंल्याइएको छ।
श्वेतपत्रले जलविद्युत, सूचना प्रविधि र पर्यटनमार्फत सुधार गर्दै दीर्घकालीन आर्थिक रूपान्तरण गर्ने लक्ष्य राखेको जनाएको छ।


