दक्षिण सुडानमा सिटीलिङ्क एभिएसनको सानो यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मृतकमध्ये १३ यात्रु र १ चालक दलका सदस्य रहेका छन्।
येई क्षेत्रबाट राजधानी जुबा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको विमान सोमबार बिहान करिब ९:४३ बजे सम्पर्कविहीन भएको थियो। पछि खोजी गर्दा जुबाबाट करिब २० किलोमिटर टाढा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
प्रारम्भिक अनुसन्धान अनुसार खराब मौसम र कम भिजिबिलिटी दुर्घटनाको कारण हुन सक्ने बताइएको छ। यात्रुहरूमा दुई जना केन्याली र बाँकी दक्षिण सुडानी नागरिक थिए।


