Friday, September 04, 2026
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्पको धम्की अस्वीकार, इरान हर्मुज खोल्न तयार छैन

ट्रम्पको धम्की अस्वीकार, इरान हर्मुज खोल्न तयार छैन

काठमाडौं, चैत २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिए पनि इरान ‘स्ट्रेट अफ हर्मुज’ नखोल्ने अडानमा कायम रहेको छ। ट्रम्पले हर्मुज नखोले इरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने धम्की दिएका छन्।

पाकिस्तानको मध्यस्थतामा आएको युद्धविराम प्रस्तावसमेत इरानले अस्वीकार गरेको छ। प्रस्तावमा हर्मुज खोल्ने र त्यसपछि शान्ति वार्ताको प्रक्रिया अघि बढाउने उल्लेख थियो।

इरानले भने दीर्घकालीन शान्ति सम्झौता, प्रतिबन्ध फुकुवा र क्षेत्रीय द्वन्द्व अन्त्यका मुद्दासहित १० बुँदे प्रस्ताव अघि सारेको छ। युद्धविरामका लागि अन्तर्राष्ट्रिय प्रयास जारी रहे पनि सहमति हुने सम्भावना कमजोर देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *