Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > काठमाडौँका सुकुम्बासी बस्तीबाट करिब ३ हजार ९ सयभन्दा बढी विस्थापित

काठमाडौँका सुकुम्बासी बस्तीबाट करिब ३ हजार ९ सयभन्दा बढी विस्थापित

काठमाडौँको थापाथाली, गैरीगाउँ र मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि करिब ३ हजार ९ सय ५५ जना विस्थापित भएका छन्।

तीमध्ये ९३६ घरधुरीका बासिन्दा प्रभावित भएका हुन्। सरकारले हालसम्म करिब ५५५ जनालाई अस्थायी रूपमा विभिन्न स्थानमा, जस्तै होटल र स्वामी सत्संग भवनमा राखेको छ।

बाकी विस्थापितहरू आफैं सुरक्षित स्थान खोज्दै गएको र केहीलाई अन्यत्र व्यवस्थापन गरिएको बताइएको छ। तर विभिन्न निकायबीच विस्थापितहरूको एकीकृत विवरण नहुँदा स्पष्ट तथ्यांकमा अन्योल देखिएको छ।

सरकारी अधिकारीहरूले उद्धार तथा व्यवस्थापन प्रक्रिया जारी रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *