काठमाडौँको थापाथाली, गैरीगाउँ र मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि करिब ३ हजार ९ सय ५५ जना विस्थापित भएका छन्।
तीमध्ये ९३६ घरधुरीका बासिन्दा प्रभावित भएका हुन्। सरकारले हालसम्म करिब ५५५ जनालाई अस्थायी रूपमा विभिन्न स्थानमा, जस्तै होटल र स्वामी सत्संग भवनमा राखेको छ।
बाकी विस्थापितहरू आफैं सुरक्षित स्थान खोज्दै गएको र केहीलाई अन्यत्र व्यवस्थापन गरिएको बताइएको छ। तर विभिन्न निकायबीच विस्थापितहरूको एकीकृत विवरण नहुँदा स्पष्ट तथ्यांकमा अन्योल देखिएको छ।
सरकारी अधिकारीहरूले उद्धार तथा व्यवस्थापन प्रक्रिया जारी रहेको बताएका छन्।


