काठमाडौँ — राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।
वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार देशको कुल अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको छ, जुन अघिल्लो वर्ष ६१ खर्ब ७ अर्ब थियो।
क्षेत्रगत रूपमा विद्युत तथा ग्यास, वित्तीय सेवा, व्यापार, होटल–रेस्टुरेन्ट र यातायात क्षेत्रमा तुलनात्मक रूपमा उच्च वृद्धि हुने अनुमान गरिएको छ।
कृषि, शिक्षा र सार्वजनिक प्रशासन क्षेत्रमा भने वृद्धि दर कम रहने प्रक्षेपण गरिएको छ।


