Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आयोजना ढिलाइप्रति सांसद पाण्डेको आक्रोश, ‘म्याद थप्नु कुशासन’

आयोजना ढिलाइप्रति सांसद पाण्डेको आक्रोश, ‘म्याद थप्नु कुशासन’

काठमाडौं । सांसद राजुनाथ पाण्डेले विकास आयोजनामा हुने ढिलासुस्तीलाई ‘कुशासन’को संज्ञा दिएका छन्।

पूर्वाधार विकास समितिमा बोल्दै उनले आयोजनाको म्याद पटक–पटक थप्ने प्रवृत्ति अन्त्य गर्न सरकारलाई आग्रह गरे।

उनले मेलम्ची आयोजनाको मुहान क्षेत्रका स्थानीयले पानी अभाव झेल्नु परेको भन्दै गुनासो गरे। गोकर्णेश्वरमा निर्माणाधीन पानी ट्याङ्कीको काम पनि अत्यन्तै सुस्त रहेको उनको भनाइ छ।

समस्या समाधान नगरे स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *