Friday, June 05, 2026
Home > आर्थिक समाचार > सेयर बजारमा गिरावट, परिसूचक २६ अंकले घट्यो

सेयर बजारमा गिरावट, परिसूचक २६ अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार २६.१६ अंकले घटेर २७७०.२७ विन्दुमा झरेको छ।

आज २१३ कम्पनीको सेयर मूल्य घट्दा ४२ कम्पनी मात्रै बढेका छन्।

कारोबार रकम ६ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने एक करोड ४० लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।

केही बैंक तथा वित्तीय संस्थाका सेयर मूल्य बढे पनि अधिकांश समूहका सूचक घटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *