Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कमला पुलको डाइभर्सन भत्किँदा आवागमन अवरुद्ध

कमला पुलको डाइभर्सन भत्किँदा आवागमन अवरुद्ध

जनकपुरधाम, १५ वैशाख। मधेसको धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला पुलको अस्थायी डाइभर्सन भत्किएर दुई दिनदेखि आवागमन अवरुद्ध भएको छ। आइतबारको वर्षाले कमला नदीको पानीको सतह बढेपछि डाइभर्सनमा पानी चढे र करिब तीन सय मिटर लामो बाँध भत्कियो। कमला पुलको निर्माण २०७८ मा सम्पन्न भए पनि बाढीका कारण पुलका तीन स्पाम भाँसिएका छन्, जसको मरम्मत काम अहिलेसम्म पूरा भएको छैन। हुलाकी राजमार्ग आयोजनाले नयाँ डिजाईनमा स्पाम निर्माण गर्दै आएको छ, र यस वर्ष निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *