काठमाडौं । पाकिस्तानको शिकारपुर जिल्लामा एउटा सामान्य बाख्रा चोरीको आरोपबाट सुरु भएको विवादले ९ वर्षमा ४८ जनाको ज्यान लिएको छ।
‘जुनेजो’ र ‘कल्होडा’ समुदायबीचको झगडा सानो मनमुटावबाट सुरु भएर सशस्त्र द्वन्द्वमा परिणत भयो। दुवै पक्षले एक–अर्काको क्षेत्रलाई निषेधित बनाएका थिए र आधुनिक हतियारसहित सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
यस क्रममा शिक्षा, व्यापार र जनजीवन प्रभावित भयो। हाल भने स्थानीय पञ्चायतमार्फत विवाद समाधानको प्रयास भइरहेको छ र शान्तिको आशा देखिएको छ।


