काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले विपक्षी दलहरूको बैठक बोलाएको छ। सरकारले संसद छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश अघि बढाएपछि बैठक आह्वान गरिएको हो।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारमा बैठक बोलाएका हुन्। बैठकमा एमाले, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलका नेताहरूलाई आमन्त्रण गरिएको छ।
सरकारले संसद अधिवेशन रोक्दै अध्यादेश राष्ट्रपति समक्ष पठाएपछि राजनीतिक विवाद चुलिएको छ।


