काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई सांसदले सरकारले ल्याउन लागेको अध्यादेशबारे फरक–फरक धारणा सार्वजनिक गरेका छन्।
सांसद गणेश कार्कीले संसद अधिवेशन रोक्दै अध्यादेश ल्याउनु बहादुरी नभएको टिप्पणी गर्दै यसलाई बाध्यता हो वा होइन भन्ने प्रश्न उठाएका छन्।
अर्का सांसद राजीव खत्रीले भने अध्यादेशको बचाउ गर्दै कानुन निर्माण प्रक्रिया लामो हुने भएकाले आवश्यक परे सरकारले छिटो निर्णय गर्न सक्ने तर्क गरेका छन्।
सरकारको अध्यादेश कदमलाई लिएर सत्तापक्षमै समेत बहस चर्किएको देखिएको छ।



