Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बीपी राजमार्ग पुनः सञ्चालनमा, सावधानी अपनाउन प्रहरीको आग्रह

बीपी राजमार्ग पुनः सञ्चालनमा, सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौं। अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।

काभ्रेपलाञ्चोक प्रहरीका अनुसार मर्मतपछि राजमार्ग हालका लागि खुलाइएको हो। राति परेको भारी वर्षाले सडक अवरुद्ध भएको थियो।

तर अझै वर्षा हुने सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *